मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन : ओली

 फागुन १, २०७७ शनिबार १६:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन्’, ओलीले भन्नुभयो । 

ओलीले केहि नराम्रो आचरण भएका व्यक्ति बाहिरिएपछि पार्टी सही बाटोमा हिँड्न लागेको बताउनुभएको छ । ओलीले प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुका कारण तीन वर्षसम्म पार्टी गतिशिल नभएको तर उनीहरु बाहिरिएपछि अहिले पार्टी गतिशिल भएको दाबी गर्नुभयो । प्रचण्ड–नेपाल समूहले नेकपालाई पार्टीको रुपमा नभई गुटको रुपमा चलाउन खोजेको र देश विकास गर्ने सरकारको उदेश्यमा भाँजो हाल्न खोज्दा समस्या आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

अहिले पनि पार्टी नफुटेको र केहि अराजक तत्वहरु बाहिरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । संसद विघटन गर्ने आफ्नो कदमलाई केहि व्यक्तिले प्रतिगमन भन्ने गरेको भन्दै ओलीले चुनावमा जानु कसरी प्रतिगमन हो र जनताको बीचमा जान नहुने कस्तो व्यवस्था खोजेको हो भनेर प्रश्न गर्नुभएको छ ।

आफूले संसद विघटन नगरेको भए प्रचण्ड–नेपाल समूहले पहिले जस्तो सांसदहरु किनबेच गर्ने र अरु दलहरुसँग साँठगाँठ गर्ने फोहोरी खेलमार्फत देशलाई फेरी अस्थिरतामा धकेल्ने ओलीको जिकिर छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया