देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली : काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

 फागुन ३, २०७७ सोमबार ८:१५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने मौसमविद् शान्ति कडेलले बताउनुभयो ।  मौसम बद्ली भएकाले अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया