नागरिक आन्दाेलनकाे 'टीयू मार्च' मा प्रहरीकाे हस्तक्षेप, विभिन्न सामग्री खाेस्याे

 फागुन ३, २०७७ सोमबार १६:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध बृहत् नागरिक अन्दोलनले गर्न लागेको ‘टीयू मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

कीर्तिपुरको पाँगा दोबाटोबाट त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयतर्फ गइरहेको बृहत् नागरिक आन्दोलनको र्‍यालीलाई प्रहरीले अवरोध गरेर उनीहरुले नाटक देखाउनका लागि बोकेका विभिन्न सामग्री पनि खोसेको छ । 

प्रहरीको हस्तक्षेपपछि नागरिक आन्दोलनका अगुवाहरु त्रिविको उपकुलपतिको कार्यालय अगाडि धर्नामा बसेका छन् । भेला र विरोध प्रदर्शन गर्न पाउने नागरिक हकमाथि प्रहरीले दमन गरेको भन्दै उनीहरुले सरकारविरुद्ध चर्काे नारा लगाएका छन् । 

धर्नामा नागरिक समाजका अगुवा, प्राध्यापक, लेखक, नाट्यकर्मी, त्रिविमा अध्ययनरत विद्यार्थीलगायत सहभागी छन् । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया