गोरखाबाट नेपाली सेनाको टोलीले एकीकरण पदयात्रा थाल्यो

 पुष २१, २०८१ आइतबार १५:३३:३४ | रासस
unn.prixa.net

गाेरखा – नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाण्डाै पदयात्रामा निस्किएको छ ।

गोरखाबाट शुरू भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाण्डाैकाे हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुने प्रमुख क्षेत्रीले बताउनुभयो ।

सेनाले गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा एकीकरण पदयात्राको थालनी गरेको हो । गोरखाबाट निस्किएको टोलीले आज धादिङको सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ । धादिङको टोलीले नुवाकोटको सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ ।  त्यस्तै नुवाकोटको सेनाको टोलीले गोरखाबाट लगिएको झण्डा र लाइट काठमाण्डाैको सेनाको टोलीलाई हस्तान्तरण गर्नेछ ।

पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेना पश्चिम पृतनापति एवम् उपरथी मधुकर सिंह कार्की, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकलगायतले एक कार्यक्रमकाबीच बिदाइ गरेका छन् ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया