इन्डो–नेपाल भलिबलमा मणिमुकुन्द र गुजरात स्टेट विजयी

 पुष २१, २०८१ आइतबार १८:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–२ को सेटमा हरायो । मणिमुकुन्दले पहिलो सेट २५–२०, तेस्रो सेट २५–१२ र पाँचौं सेट १५–१२ ले जित्यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो सेट २५–१८ र चौथो सेट २५–२० ले जित्यो ।

आज भएको दोस्रो खेलमा गुजरातले बाग्लुङको गलकोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । गुजरातले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले जित्यो ।

आउँदो बुधवारसम्म चल्ने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

तस्वीर : नमस्ते सुर्खेत युट्युब च्यानलबाट

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया