प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो, मङ्गलवारदेखि 'एमिकस क्युरी' ले राय पेस गर्ने

 फागुन ३, २०७७ सोमबार १६:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ । साेमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ ।

साेमवारकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताउनुभयो । थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जस्तो अधिकार नदिएको बताउनुभयो ।

अब मङ्गलवारदेखि अदालतकाे सहयाेगी (एमिकस क्युरी) को राय सुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्युरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया