कांग्रेस सहयाेगी प्रतिपक्षी हुँदा हुँदै पनि सरकार असफल भयाे : प्रवक्ता शर्मा

 फागुन ३, २०७७ सोमबार २०:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान सरकारले तीन वर्ष पूरा गरेको सन्दर्भमा नेपाली कांग्रेस सरकारकाे सहयोगी प्रतिपक्षी हुँदा हुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो ।

सोमवार एक कुराकानीका बीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताका कारणले असफल भएको नेपाली कांग्रेसको मूल्याङ्कन रहेको बताउनुभयो । 

उहाँले भन्नुभयाे,  ‘यो तीन वर्षको अवधि पाँच वर्षका लागि बनेको सरकारको समीक्षा गर्ने पूर्ण अवधि त निश्चय नै होइन तर जुन प्रकारको गतिविधि सरकारबाट प्रस्तुत भएको छ सरकार आफैले संसद् विघटन गरेर जुन प्रकारको चरित्र र व्यवहार प्रस्तुत गरेको छ । त्यस अर्थमा यो तीन वर्षको अवधिलाई उसको पूर्ण अवधिको ठूलो हिस्सा गुज्रिरहेको अवस्थामा यो सरकार आशा जगाउनलाई यो सरकार आउँदा दिनमा लागि समृद्धिको नवीन सपनाहरु जगाउनका लागि असफल भएको सरकारको रुपमा स्मृति गर्नुपर्ने हुन्छ ।’

कांग्रेसले सरकार बलियो भनिए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्याङ्कन गरेको प्रवक्ता शर्माले बताउनुभयो । सरकारले तीन वर्षमा तीन उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार नागरिकलाई दिएको प्रवक्ता शर्माको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया