४१ करोड रुपैयाँमा बन्ने चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

 फागुन ४, २०७७ मंगलबार २०:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँको लागतमा वडा नं ५ को घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । 

सार्वजनिक रूपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको मङ्गलवार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । 

तीन हजार ६ सय ४० स्क्वायरफिटमा बन्ने ६ तलाको भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताउनुभयो । 

त्यस्तै नगरपालिका प्रमुख मिश्रले निर्माण हुने भवनमा पाँच सय जनशक्ति अट्ने क्षमताको सेमिनार हल पनि बन्ने बताउँदै भवन नगरपालिकाका लागि पर्याप्त हुने बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया