सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाण्डौमा सुरु भएको छ । अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।
महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । महासंघले विधान संशोधन गरेर केन्द्रीय समितिको लागि पनि सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था लागेको छ ।
अहिलेसम्म हरेक शाखाले पार्षद चुन्ने र पार्षदले मात्रै केन्द्रीय समितिको लागि मतदान गर्ने व्यवस्था रहेकोमा यसलाई परिवर्तन गर्न लागेको हो । महासंघले नयाँ नेतृत्वका लागि अबको एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।