सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् : नेपाली सेना

 फागुन ६, २०७७ बिहीबार १५:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । आउँदाे फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलिन/नआत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गर्नुभयो 

‘सडकमा देखिएको सेनाको मुभमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शिवरात्रिको तयारीका लागि हो, यसबाट आत्तिन जरुरी छैन’, पौडेलले भन्नुभयो । 

यसैबीच कोरोना महामारीलाई ध्यान दिएर यसपटक सेनाले भिडभाड हुने खालका कार्यक्रम नगर्ने भएको छ । टुँडिखेलमा सीमित व्यक्तिको उपस्थितिमा सेनाको कलाकौशल देखाउने कार्यक्रम हुने तर साङ्गीतिक कार्यक्रम, रात्रिभोजलगायतका कार्यक्रम नहुने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया