हङकङलाई २ सय २६ रनले हराउँदै नेपालले एक खेलअघि नै जित्याे एकदिवसीय शृङ्खला

 पुष ३, २०८१ बुधबार १५:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला नेपाली युवा टोलीले जितेको छ । आज भएको दोस्रो खेलमा हङकङलाई २ सय २६ रनले हराउँदै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमै अलआउट भयो । हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै १६ रन बनाए । हङकङका सात जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका दयानन्द मण्डलले ४ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९७ रन बनायो । नेपालका सोहेल कुँवरले ८१, सन्तोष यादवले नटआउट ६६ रन बनाए । हङकङका डेनेल मापले ३ विकेट लिए ।

पहिलो खेल नेपालले ३ विकेटले जितेको थियो । नेपाल र हङकङको १९ वर्षमुनिको तेस्रो तथा अन्तिम खेल पर्सि शुक्रवार हुनेछ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउँदो वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया