नेकपाकाे प्रचण्ड-नेपाल समूह बहुमत केन्द्रीय सदस्यकाे नागरिकता बाेकेर निर्वाचन आयोग जाँदै

 फागुन ७, २०७७ शुक्रबार ९:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।

लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो । त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि असन्तुष्टि जनाउँदै प्रचण्ड-नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ । नेकपाको आधिकारिकताको विषय नटुङ्गिदा विवाद झन् बढ्दै गएको छ ।

दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय गरेको छैन । आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ ।

सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको प्रचण्ड-नेपाल समूहले आरोप लगाउँदै आएको छ । 
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया