प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त, तिलक परियार पदमुक्त

 फागुन ७, २०७७ शुक्रबार १६:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश २ का प्रमुख परियार तत्कालीन नेकपा माओवादीका नेता हुनुहुन्छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया