मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर

 फागुन ९, २०७७ आइतबार १४:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता मीरा चौधरीले जानकारी दिनुभयो । 

राक्सिराङको कुपिनटारमा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको छ । गाँजा नस्ट गरेर फर्केको प्रहरी टोली र स्थानीय बासिन्दाबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको चौधरीले बताउनुभयो । 

राक्सिराङ गाउँपालिका १ का कान्छाराम रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पक्राउबारे आपत्ति जनाउनुभएकाे छ ।

प्रहरीले बारीमा लुकाएर राखेको अवस्थामा शनिवार १८ क्विण्टल गाँजा बरामद गरी नस्ट गरेको थियो । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया