मकवानपुरकाे राक्सिसाङ गाउँपालिका १ का वडाध्यक्षलाई प्रहरीले अभद्र व्यवहारकाे मुद्दा चलायाे

 फागुन ९, २०७७ आइतबार १९:३९:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका १ का वडाध्यक्ष कान्छाराम रुम्बाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले मुद्दा चलाएको छ । गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । 

मकवानपुर प्रहरीले शनिबार राति राक्सिराङ गाउँपालिका १ गाल्छाराङकाे बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक (असई) शिवराज गुरुङको कमाण्डमा इलाका प्रहरी कार्यलय नेवारपानीसहित खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले गाउँपालिका १ गाल्छाराङमा बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको हाे । 

प्रहरी गाँजा जलाएर फर्कने क्रममा बाटो छेकेकाे भन्दै त्यही वडाका वडाध्यक्ष कान्छाराम रुम्बालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जनाइएको छ । कुपिनटारकाे सडकमा स्थानीयको अवरोधपछि प्रहरीको काम कारबाहीमा बाँधा पुर्‍याउनुका साथै प्रहरीमाथि हातपात भएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियाे ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया