नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास : द्रुत गतिमा काम अघि बढ्छ– मन्त्री भट्ट

 फागुन ११, २०७७ मंगलबार १७:२५:४९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।  

कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभइ पश्चिम नेपालकै लागि फाइदाजनक भएको बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले तीन सय ३८ बिघामा औद्योगिक क्षेत्र निर्माणका लागि सबै प्रक्रिया पूरा भइ शिलान्यास भएको जानकारी दिनुभयो ।

शिलान्यासका समयमा परियोजना आसपासका स्थानीयले विरोध प्रदर्शन गरेका थिए । परियोजनाभित्र दुई सय ५९ घर रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया