अर्घाखाँची : तीन कराेडकाे लगानीमा एक सय २० राेपनी क्षेत्रफलमा कृषि फार्म सञ्चालन

 फागुन १२, २०७७ बुधबार १७:३४:५२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा तीन करोड रुपैयाँको लगानीमा छत्रदेव बहुद्देश्यीय कृषि फार्म सञ्चालन भएको छ । 

छत्रदेव गाउँपालिका ५ का श्रेष्ठ परिवारले वडाकै अमराईमा तीन करोड रुपैयाँ लगानी गरेर कृषि फार्म सञ्चालन गरेका हुन् । बलप्रसाद श्रेष्ठ, तिलक श्रेष्ठ, प्रकाश श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, पवन श्रेष्ठलगायत श्रेष्ठ परिवारले सञ्चालनमा ल्याएको यो फार्म एक सय २० रोपनी क्षेत्रफलमा फैलिएकाे फार्मका सञ्चालक बलप्रसाद श्रेष्ठले बताउनुभयो  । 

फार्ममा भैसी, बाख्रा, लाेकल/ब्राेइलर कुखुरा, टर्की, माछा, बङ्गुरलगायत रहेका छन् । तरकारीमा आलु, काउली, ब्रो काउली, बन्दा, टमाटर, लसुनका साथै फलफुलमा आँप, केरासमेत रहेको फार्मका सञ्चालक बलप्रसाद श्रेष्ठको भनाइ छ । 

फार्मबाट नियमित र आंशिक गरी ११ जनाले रोजगारी पाएका छन् । उत्पादन भएको तरकारी, फलफुल, दुध, अण्डा, मासु स्थानीय बजार, अर्घाखाँचीको सन्धिखर्कसँगै गुल्मीको तम्घास र रुपन्देहीको बुटबलमा बिक्री हुने गरेको फार्मका सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया