माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या

 फागुन १३, २०७७ बिहीबार १६:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या आएको छ । परीक्षणका लागि बुधवारमात्र सार्वजनिक गरेको डिजिटल नक्सामा सर्भरमा बिहीवार नै समस्या आएपछि किसानले हेर्न पाएका छैनन् ।

सर्भर र अरू केही अवरोध आएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ माटो विज्ञ श्रीप्रसाद विष्टले जानकारी दिनुभयो । नयाँ कुरा भएकाले धेरैको चासो भएर एकैपटक खोलेकाले समस्या आएको हुन सक्ने उहाँको भनाइ छ ।

एक पटकमा चार सयदेखि ६ सय जनासम्मले हेर्न मिल्ने क्षमताको बनाइएको छ । तर नयाँ कुरा भएकाले धेरैले हेर्दा ओभर लोडका कारण समस्या भएको उहाँले बताउनुभयो । बिहीवार साढे १ बजेसम्ममा ३५ सयभन्दा धेरैले डिजिटल नक्सामार्फत् माटो परीक्षण गरिसकेका छन् ।

सर्भरको क्षमता बढाउनेबारे छलफल भइरहेको छ । अबको दुई/तीन दिनमा सबै समस्या समाधान गर्ने गरी काम थालिएको उहाँले बताउनुभयो । बुधवारमात्र सरकारले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तरगर्त राष्ट्रिय माटो परीक्षण केन्द्रले डिजिटल नक्सा सार्वजनिक गरेको थियो । डिजिटल नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको थियो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया