दुई लाख ४६ हजार भारुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

 फागुन १३, २०७७ बिहिबार २०:२६:१० | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ – विराटनगरबाट एक भारतीय नागरिक दुई लाख ४६ हजार भारुसहित पक्राउ परेका छन् । बिहीवार बेलुकी मोरङको विराटनगर महानगरपालिका १७ काे अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई दुई लाख ४६ हजार भारुसहित पक्राउ गरेकाे हाे । 

भारतको अररियाका ३४ वर्षीय सञ्जय सिंहलाई जाँचका क्रममा पाँच सयका तीन सय ८८ थान, दुई हजारका २६ थान गरी दुई लाख ४६ भारु बरामद गरेकाे इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया