रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – चीन सरकारले काठमाण्डाैकाे दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेकाे छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ नागरिककाे तर्फबाट लेखन सामग्री (स्टेशनरी), खेलकुद सामग्री, स्वास्थ्य सामग्री, पाेसाक सहयोग गरेको छ ।
शुक्रवार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै राजदूत यान्छीलाई धन्यवाद दिनुभयो ।
२०७२ सालको भूकम्पबाट दरबार हाई स्कुल पूर्णरूपमा क्षति भएपछि चीन सरकारले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाणपछि बनेको भवनमा रहेका कक्षा कोठाहरू ठूला, फराकिला र आधुनिक देखिएको छ ।
चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचरलगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।