सप्तरीमा विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ

 फागुन १५, २०७७ शनिबार १५:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीमा नेत्रविक्रम चन्द विप्लवका समूहका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आज बिहान खडक नगरपालिकाका रामनाथ मण्डल, राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख, एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

केही समययता व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग चन्दा माग्ने, धम्काउने लगायत गैरकानुनी गतिविधि गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी धमलाले बताउनुभयो । प्रहरीले उनिहरुबाट विप्लव समूहका केहि कागजात पनि बरामद गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया