जय ट्रफी एलिट कप क्रिकेट : आर्मी र मधेश दोस्रो पारीको ब्याटिङमा

 पुष २२, २०८१ सोमबार ११:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा अहिले दोस्रो दिनको खेल भइरहेको छ । पर्साको वीरगञ्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बाग्मती प्रदेश र मधेश प्रदेशबीच दोस्रो दिनको खेल शुरू भएको हो ।

७ विकेट गुमाएर १ सय ३ रनको अवस्थाबाट आजको ब्याटिङ थालेको पुलिस पहिलो पारीमा १ सय २५ रनमा अलआउट भएको छ । अहिले आर्मीले दोस्रो पारीको ब्याटिङ गरिरहँदा याे समाचार तयार पार्दासम्म  ४ विकेट गुमाएर ७२ रन बनाएकाे छ । आर्मीले ६८ रनकाे अग्रता लिएकाे छ । यसअघि आर्मी पहिलो पारीमा हिजो १ सय २१ रनमा अलआउट भएको थियो ।

यस्तै २ विकेट गुमाएर ३४ रनको अवस्थाबाट आजको ब्याटिङ थालेको बाग्मती पहिलो पारीमा १ सय ५० रनमा अलआउट भएको छ । अहिले मधेशले दोस्रो पारीको ब्याटिङ गरिरहँदा याे समाचार तयार पार्दासम्म एक विकेट पनि नगुमाई १७ रन बनाएकाे छ । मधेश अझै ३१ रनले पछि छ । यसअघि मधेश पहिलो पारीमा १ सय २ रनमा अलआउट भएको थियो ।

दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया