दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ

 फागुन १६, २०७७ आइतबार २०:१९:२२ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ – दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिनुभएको छ । 

प्रहरीले तुलसीपुर बजारकाे पोखरेलको घर उच्च अदालत अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीभित्र राखेको अवस्थामा प्लास्टिकसहित तौल गर्दा २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद भएको डीएसपी सिंहले बताउनुभयो ।

इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पाेसाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कुटरमा ब्राउन सुगर भेटेपछि पोखरेललाई नियन्त्रणमा लिएको छ ।

पोखरेलका श्रीमान् मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका रूपमा कार्यरत छन् । पक्राउ परेकी पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया