रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी दिएको छ ।
सीडीसी प्रमुख डा. रशेल वालेन्स्कीले तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने बताउनुभएको बीबीसीले जनाएको छ । गएको हप्ता दैनिक औसतमा ७० हजार जनामा सङ्क्रमण देखिएको र त्यो अति उच्च रहेको डा. वालेन्स्कीको भनाइ छ ।
गएको हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो । डा. वालेन्स्कीले नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएकोले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा रहेको चेतावनी दिनुभएको छ ।
बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढी सङ्क्रामक र जोखिमपूर्ण देखिएकाे भन्दै सीडीसीले यसलाई नियन्त्रण गर्न थप पहलहरु आवश्यक रहेको बताएको छ ।
कोरोना महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा दुई करोड ९३ लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच लाख २७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।