‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने सरकारबाट नागरिकले के सुरक्षाको आश गर्ने ?’

 फागुन १८, २०७७ मंगलबार २०:१०:२९ | रामबाबु खड्का
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताउनुभएकाे छ ।

सर्लाहीको धनकौलमा नेपाली कांग्रेसले आयोजना गरेकोे बृहत् आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता थापाले नेकपाभित्र भाँडभैलो मच्चिएका बेला कांग्रेस सरकारमा जान हतार गर्न नहुने बताउँदै गएकाे पुस ५ गतेभन्दा अघि भएका सबै खाले गल्तीको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सुरक्षा चिन्ता गर्नुले आफू अचम्मित भएको बताउँदै वर्तमान सरकारले नागरिककाे सुरक्षा गर्न नसक्ने नेता थापाले दाबी गर्नुभयो ।

‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आश/भरोसा गर्ने ? प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिँड्न थाल्नुभएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन, जताततै जुनसुकै बेला जे हुँदो बोलेर हिँड्नु हुन्छ, उहाँले रोजेको प्रतिगमन बाटोलाई अदालतले ठेगान लगाइ दिएपछि प्रधानमन्त्री रनभुल्लमा पर्नुभएको छ, अब निर्वाचन आयोगले नेकपाभित्रको विवादलाई चाँडै टुङ्गो लगाइदिएर बाटो खोली दिनुपर्छ’, नेता थापाले भन्नुभयो । 

कांग्रेसलाई नागरिकले सरकारमा जानभन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया