कांग्रेसको पदाधिकारी बैठक बस्दै

 फागुन २०, २०७७ बिहिबार १३:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकाबारे थप रणनीति तयार गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।

प्रतिनिधि सभा बैठक लक्षित समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ ।

सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थाबाट भाग्न नहुने पक्षमा हुनुहुन्छ भने प्रतिपक्षमै रहेर अघि बढ्नुपर्ने पक्षमा नेता रामचन्द्र पौडेल हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया