बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने

 फागुन २०, २०७७ बिहिबार १९:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदार्गा वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

१३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ ।

पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगायत हिमाल आरोहण खुला गरेको भए पनि अहिलेसम्म कसैको पनि आवेदन परेको छैन । आउँदाे वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो । अनुमति नलिए पनि कतिपय प्रक्रियामा रहेको र बहराइनका राजपरिवारका सदस्य आउने कुरा जानकारीमा आएको उहाँले बताउनुभयो । राजपरिवारका सदस्य आरोहणमा आउँदा यसले नेपालमा सुरक्षित पर्वतारोहण रहेको सन्देश जाने भएकाले महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

गएको वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण स्थगन गरेको थियो । यस वर्ष आरोहण खुला गरेसँगै आठ जना आइसफल डाक्टरहरू बाटो बनाउनका लागि सगरमाथाको आधार शिविरतर्फ गइसकेका पनि निर्देशक आचार्यले बताउनुभयो ।

विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविरसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया