विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

 फागुन २०, २०७७ बिहीबार २०:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे । 

यस्तै बैठकले विप्लवसँग भएकाे सहमति सार्वजनिक भएपछि लागू हुने गरी अनुमाेदन गरेकाे छ । सहमतिकाे विस्तृत विवरण शुक्रवार दिउँसाे दुई बजे सार्वजनिक गर्ने सरकारी वार्ता टाेलीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

 याे पनि पढ्नुहाेस्

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।   

सरकार र नेत्रविक्रम चन्द समूह विप्लवबीच बालुवाटारमा शुक्रवार नै सहमति भएकाे हाे । सहमतिअनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने उल्लेख छ ।    

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • atma ram paudel

    March 5, 2021, 1:48 a.m.

    राम्रो काम

  •  0 Reply

तपाईको प्रतिक्रिया