ओली पक्षको संसदीय दलको बैठक सकियो : एक सय १५ जना उपस्थित भएको दाबी

 फागुन २२, २०७७ शनिबार १७:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले आफूहरुको पक्षमा रहने सांसदको संख्या अझै बढ्ने नेम्वाङले उज्यालोसँग भन्नुभयो ।

आजको बैठकमा ओली समूहले आफ्नो पक्षमा रहेका भन्दै दाबी गर्ने वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित हुनभएन ।

प्रचण्ड–नेपाल समूहले पनि आफ्नो पक्षमा एक सय १० जना सांसद रहेको दाबी गर्दै आएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले भोलिदेखि सुरु हुने संसद बैठकमा प्रभावकारी भूमिका निभाउन पनि सांसदहरुलाई निर्देशन दिनुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया