चीनबाट पहिलो पटक २० टन युरिया मल आयात

 फागुन २४, २०७७ सोमबार ९:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनबाट युरिया मल आयात भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो ।

दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो ।

सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनुभयो ।

झिकाइएको मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाण्डाै, ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया