सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली

 पुष २, २०८१ मंगलबार १८:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित एवम् सेवामैत्री हुनुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार उत्तरदायी भएर नागरिकका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको दाबी गर्नुभयो । स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र नभई अहिले यो नागरिकमैत्री पनि भएको उहाँले उल्लेख गर्नुभयाे ।

गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, नागरिककाे जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, देशको अर्थतन्त्रको आकार बढेको लगायतका उपलब्धि तीन वटै सरकारको कामका कारण भएको ओलीको भनाइ छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया