सर्वोच्चको फैसलामा कानुनी उपचार खोज्ने प्रचण्ड–नेपाल समूहको निर्णय

 फागुन २४, २०७७ सोमबार १९:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिलेको नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । साेमवार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो । 

यस्तै सर्वोच्च अदालतले गरेको निर्णयबारे गम्भीर असहमति राख्ने पनि बैठकले निर्णय गरेको छ । सर्वोच्चले गरेको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला भएको र यसमा गम्भीर असहमति राख्दै कानुनी उपचार खोज्ने पनि बैठकले निर्णय गरेको छ । 

पार्टीको नाम मात्रैमा फैसला हुनुपर्नेमा राजनीतिक पार्टीको एकता गर्ने/नगर्ने र पार्टी विभाजन गर्ने फैसला अस्वाभाविक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भनेअनुसार तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपि हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जाँदैछौँ । राजनीतिक ढङ्गले त हामीले यसको असहमति र प्रतिवाद गरेकै छौँ । त्यस क्रममा हामीले पार्टी एकताको उद्देश्य सही भएको र पार्टी एकताको कार्य पनि सही भएको कारणले यस प्रक्रियामा अगाडि बढ्न जे सम्भव छ, त्यो पहलकदमीलाई जारी राख्छौँ ।’

साेमवारकाे बैठकले नेपाली कम्युनिस्ट आन्दोलनको एकताका लागि अविचलित भएर अघि बढ्ने पनि निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया