सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा दुई जनाको ज्यान गयाे

 फागुन २५, २०७७ मंगलबार १५:११:४४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – रुपन्देहीकाे भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौ आउँदै गरेकाे ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको ज्यान गएकाे हाे । 

ट्रक नदीमा खस्दा ट्रकका चालक काभ्रेकाे बनेपा नगरपालिकाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलकाे ज्यान गएकाे हाे । दुर्घटनाबारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेयले जानकारी दिनुभएको छ । 

ट्रक नदीमा खस्दा सिमेन्ट नष्ट भएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया