पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दु...
पुस २४, २०८१ बुधबार
रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए ।
रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् । पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ ।
कामको सिलसिलामा करिब २ वर्षदेखि उहाँहरू केरुङमा पुग्नुभएको थियो । सिलाई, सुन पसल, सुपर मार्केट, गेष्ट हाउसमा काम गर्ने तथा आफैँले व्यवसाय गरेर बसेकाहरु फर्किएका प्रमुख एकनारायण भण्डारीले बताउनुभयो ।
‘उहाँहरू एक महिनाअघि कार्यालयको सम्पर्कमा आउनुभएको थियो’, उहाँले भन्नुभयो, ‘एक महिनाको प्रयासपछि उहाँहरूलाई नेपाल ल्याउन सफल भयौँ ।’
कन्सुलर विभाग मार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर नेपाल फर्काइएको हो । केरुङमा नै कारोना परीक्षण गरेर उहाँहरूलाई नेपाल ल्याइएको हो । २०७६ माघ १५ गतेदेखि नाकाबाट मान्छेको आवतजावत हुन सकेको छैन । चीनबाट आउने सामग्री पनि चिनियाँ गाडीले नेपाली भूभागमा ल्याएर झारिदिने गरेको छ । कोरोना देखिनुभन्दा अघि केरुङमा व्यवसाय गरेर बस्ने नेपालीको संख्या धेरै थियो ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।