एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यको अनौपचारिक भेला चल्दै

 फागुन २६, २०७७ बुधबार १७:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यको अनौपचारिक भेला गरेको छ । नयाँ बानेश्वरको एक होटलमा भइरहेको भेलामा अध्यक्ष केपी शर्मा ओली पक्षसँग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।

भेलामा माधव नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने फैसला गरेसँगै माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

केही समय अघिसम्म एक अर्कालाई गालीगलौज गर्दै आएका नेताहरू फेरि एउटै पार्टीमा कसरी मिलेर बस्छन् भन्ने चौतर्फी चासो रहेको छ । लामो समयदेखि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बोलचालसमेत भएको छैन । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया