स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ

 फागुन २८, २०७७ शुक्रबार ८:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी वृत्त थिमिकाअनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको हो । प्रहरीले त्याे रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले त्यस रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया