नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न

 पुष १५, २०८१ सोमबार १८:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन भव्यताका साथ सम्पन्न भएकाे छ । यही पुस ११ र १२ गते भक्तपुरकाे बाेडेमा रहेकाे कृषि विकास बैंकको तालिम केन्द्रको भवनमा महाधिवेशन सम्पन्न भएको हाे ।

‘सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौँ, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौँ’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संगठनको महाधिवेशनमा नेकपा माओवादी केन्द्रका उप–महासचिव एवम् कर्मचारी फ्र्याक्सन इन्चार्ज हरिबोल गजुरेलले नेपालकै जेठो बैंकले आफ्नो शाखः र गरिमालाई पुनर्जागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।

यस्तै नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले ट्रेड युनियनको अन्दोलनलाई राजनीतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताउँदै चौथो महाधिवेशनबाट चयन हुने केन्द्रीय समितिलाई कर्मचारीकाे हकहितमा लाग्नका निम्ति शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गर्दै यस अधिवेशनबाट सशक्त र जुझारू केन्द्रीय समिति चयन होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद सुवेदीले नेपाल बैंकलाई २०५८ सालकै अवस्थामा पुर्‍याउन अहिलेकाे बैंक व्यवस्थापन उद्दत रहेको भन्दै संस्थागत सुशासन कायम गर्न तथा समग्र कर्मचारीको वृत्ति विकासका लागि जस्तोसुकै अन्दोलन गर्न पछि नपर्ने तथा यो चौथो अधिवेशनको भव्य र विशाल उपस्थतिले आफू तथा संगठनलाई बैंक तथा कर्मचारीकाे हकहितका निम्ति लाग्न थप ऊर्जा प्रदान गरेको बताउनुभयो ।

देशभरिबाट झन्डै पाँच सय जना क्रियाशील सदस्यहरूको उपस्थितिमा दुई दिनसम्म चलेको अधिवेशनबाट अध्यक्ष गोविन्दप्रसाद सुवेदीको नेतृत्वमा महासचिव मोहनकुमार श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा एक सय २५ सदस्यीय केन्द्रीय परिषद् समिति निर्वाचित भएका थिए ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया