च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछाैँ : कृषिमन्त्री अधिकारी

 पुष १५, २०८१ सोमबार १८:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताउनुभएको छ ।

राष्ट्रिय च्याउ दिवसका अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले आज काठमाण्डाैमा आयोजना गरेको च्याउ महोत्सवमा मन्त्री अधिकारीले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई काम अघि बढिसकेको बताउनुभयो । उहाँले केन्द्रको निर्माणपछि नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले च्याउ खेतीबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउनसमेत टेवा पुग्ने उल्लेख गर्नुभयाे । उहाँले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादन र उत्पादकत्व कम भएको भन्दै च्याउ खेतीको सुदृढीकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयाे ।

काठमाण्डाैकाे भृकुटीमण्डपमा भएकाे च्याउ महाेत्सवमा ४० वटा स्टल रहेका थिए । महाेत्सवले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास छ ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया