सचिन परियारलाई प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली, भाइरल प्रवृत्तिबा...
पुस १८, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंक र एशियाली विकास बैक (एडीबी) बाट वित्तीय व्यवस्थापन नभए नेपाली नागरिकको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली नागरिकको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।
घिसिङले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका पालिका, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) को नमूना परियोजनाका रूपमा अगाडि बढाउन खोजिरहेको बताउनुभयो ।
एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणका लागि जग्गा अधिग्रहणलगायतको काम सकेर निर्माण कार्य शुरू भएको छ । आयोजना निर्माणका लागि ५३ अर्ब रुपैयाँको सम्झौता भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।