एमालेमा माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

 फागुन २९, २०७७ शनिबार १५:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेको छ । काठमाण्डौमा बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो । नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ ।

यस्तै विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, युवा विभागमा रघुजी पन्तलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिएको छ । स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष केपी ओलीको मनपरीविरुद्ध डटेर लड्ने प्रणसमेत गरेका एक नेताले जानकारी दिएका छन् ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया