लहान मालपोत कार्यालयमा बम विस्फाेट : गाेइत समूहकाे पर्चा भेटियाे

 चैत १, २०७७ आइतबार १६:८:३७ | रासस
unn.prixa.net

सिरहा – सिरहाको लहानमा रहेकाे मालपोत कार्यालयमा आइतवार बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा दिउँट्अठाे एक बजेतिर बम विस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र  लेखापढी व्यवसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।  

बमकै छर्रा लागेर सेवाग्राही सिरहाकाे धनगढीमाई नगरपालिका १३ का ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका १६ तरेगानाका ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका ३ का ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका ४ का ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार ६ का ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानकाे सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) तपनकुमार दाहालले जानकारी दिनुभयो । 

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । डीएसपीका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा, पम्पलेट फेला परेको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया