‘वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पठाए चिठी’

 भदौ ४, २०७५ सोमबार १४:७:१६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो नवगठित मन्त्रिमण्डलमा शाह महमूद कुरैशीलाई विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् 
 

विदेशमन्त्री नियुक्त भएपछिको पहिलो सम्बोधनमा कुरैशीले कश्मीरको मुद्धा अत्यन्त गम्भीर भएका कारण दुई देशको बीचमा कुराकानी हुनुपर्ने बताएका छन् । उनले दुई देशले फेरि खुल्ला हृदय बनाएर वार्तामा बसेर समस्या हल गर्नुपर्ने बताए । त्यति मात्रै होइन, विदेशमन्त्री कुरैशीले वार्ताको सुरुवात गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इमरान खानलाई पत्र लेखेको पनि दावी गरे । 

कुरैशीले भने, ‘भारतसँग निरन्तर वार्ताको आवश्यकता छ । हामी छिमेकी हौँ । लामो समयदेखि हामीबीच विवाद चल्दै आएको छ । हामी दुवैलाई हाम्रा समस्या थाहा छ । त्यसैले हामीसँग वार्ताको कुनै विकल्प छैन । हामी यहाँ कुर्सी तोड्न आएका होइनौँ ।’

यसैबीच भारतीय प्रधानमन्त्री कार्यालय स्रोतले पनि प्रधानमन्त्री नरेन्द्र मोदीले इमरान खानलाई बधाई दिँदै पत्र लेखेको पुष्टि गरेको छ । तर पत्रमा उल्लेख गरिएको वार्ताको पहलका बारेमा भने केही जानकारी दिइएको छैन ।
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया