ओलीको निर्णयलाई मान्यता नदिन भन्दै निर्वाचन आयाेगलाई खनाल–नेपाल समूहकाे पत्र

 चैत १, २०७७ आइतबार १८:४२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको हो ।

विधि, पद्धति र अभ्यास विपरीत गरिएका निर्णय पार्टी विधान अनुकूल नठहरिने खनाल–नेपाल समूहले आयोगमा बुझाएको पत्रमा उल्लेख छ । एमालेका अध्यक्ष ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमार्फत खनाल–नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । 

‘वैधानिक व्यवस्था र सर्वाेच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि नेकपा (एमाले) को वैधानिक व्यवस्था, सङ्गठनातमक प्रणाली र एकतामाथि आघात पुर्याउने र अवैधानिक ठहर्छ । हामी निवेदकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकताबद्ध र एकीकृत बनाइ राख्न दुढ सङ्कल्पित भएकाले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णय लिइ आयोगमा विवरण सच्याउन माग भइ आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।  

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया