कञ्चनपुर बलात्कार प्रकरण : बलात्कार आरोपमै ९ वर्ष जेल बसेका व्यक्ति पक्राउ

 भदौ ४, २०७५ सोमबार १७:५९:३८ | दुर्गा उपाध्याय

कञ्चनपुर – कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १९ का दिलिपसिंह बिष्ट रहेका प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । साउन १० गते बेपत्ता भएकी बालिका पन्तलाई बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ । 

पन्तको शव ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । पक्राउ परेका बिष्ट दिदी नाता पर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ९ वर्ष जेल सजाय पाइसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । बिष्टले परिवारका महिलामाथि पनि जवरजस्ती करणीको प्रयास गर्ने गरेको परिवारलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलामा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बिष्ट बिहानै घरबाट निस्किएर राति घरमा आउने गरेको र महिलालाई देखेपछि शरीरको लुगा समेत खोलेर फाल्ने गरेको बताउनुभयो । 

‘बिष्टले परिवारका सदस्यलाई पनि धम्क्याउने रहेछन्’, प्रनाउ सेटीले भन्नुभयो ‘उनले घरकै महिलामाथि पनि जबरजस्ती करण गर्न खोजेको परिावारले बताएका छन् ।’ 

आफन्तलाई धम्की दिदै एकपटक जेलको सजाय भोगेकाले फेरि पनि सबैको हत्या गरी जेल जान आफू तयार रहेको बताएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया