एमाले संसदीय दलकाे बैठक : विधान संशोधन प्रस्ताव पारित, गुटका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने

 चैत ७, २०७७ शनिबार १४:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संशोधित् विधान पारित गर्दै विधानलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।

तीन सदस्यीय कार्यदलले तयार पारेको विधान संशोधन प्रस्ताव पारित भएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेको संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले गुटगत भेला र गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

अस्ति पाँच गते बसेको खनाल–नेपाल समूहका नेताहरु अनुपस्थित भए पनि बैठकले संसदीय बोर्ड गठन गरेको थियो । आज बसेको संसदीय दल र संसदीय बोर्ड दुवै बैठकमा खनाल–नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । तर बैठकमा वामदेव गौतम भने सहभागी हुनुभएको छ ।

संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसमेत राखिएको छ । यसैबीच, खनाल–नेपाल समूहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित पत्र बुझाएको छ । लिखित पत्र बोकेर खनाल–नेपाल समूहका सांसदहरु जीवनराम श्रेष्ठ, सोम पाण्डे र यज्ञराज सुनार बालुवाटार पुगेका थिए ।

बैठक र निर्णयहरु विधान र विधिसम्मत हुनुपर्ने भन्दै खनाल–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएको हो । यो समूहले आजको बैठक पनि बहिस्कार गरेको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया