माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय, ओलीलाई थप शक्तिशाली अधिकार

 चैत ७, २०७७ शनिबार १७:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले गुटगत गतिविधि गरेर पार्टी विधान विपरितका काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने केहि प्रस्तावमा पनि छलफल भइरहेको छ । संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेका व्यक्तिको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्षलाई नै दिने प्रस्तावमा छलफल भइरहेको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको निर्णयको जिम्मेवारी र केन्द्रीय कमिटी सदस्यको मनोनयन तथा कारबाहीको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिने प्रस्ताव बैठकमा पेश भएको छ ।

यसअघि बिहान बसेको संसदीय समितिको बैठकले संसदीय दलको उपनेता बर्खास्ति र नियुक्तिको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया