कफी विथ करणमा शाहरुखकी छोरी सुहाना, टीआरपी बढाउन कि परिवारवाद प्रवर्द्धन गर्न ?

 भदौ ४, २०७५ सोमबार २०:३६:३२ | एजेन्सी
unn.prixa.net

करण जोहरको विवादास्पद तर निकै चर्चित टिभ टक शो ‘कफी विथ करण’को नयाँ सिजन छायाँकंनको अन्तिम तयारीमा रहेको छ । 

शोमा  करण बलिउडका चर्चित कलाकारहरुलाई आमन्त्रित गरी अन्र्तवार्ता गर्दछन् र हरेक अंकमा आमन्त्रित अतिथिबाट केही न केही विवादास्पद कुरो खुलासा गराउने प्रयास गरिरहन्छन् । जसले एकातर्फ शो को टीआरपी बढाउन सहयोग गर्दछ भने अर्कोतर्फ करण जोहर न्यूजमेकरका रुपमा सधैँ लाइमलाइटमा रहिरहन्छन् । 

यस पटकको नयाँ सिजनका लागि पनि करण निकै उत्साहित देखिन्छन् । पछिल्लो समय बलिउडमा परिवारवाद प्रवद्र्धन गर्न अहम भूमिका निर्वाह गेरेको भन्दै विवादमा तानिएका उनी आफ्नो टक शो को पहिलो अंकमा नै शाहरुख खानकी छोरी सुहाना खानलाई अतिथिका रुपमा बोलाउने तयारी गरिरहेका छन् । 

आफ्नो करियरका सुरुवाति दिनदेखि नै एकअर्कालाई साथ दिँदै आएका करण र शाहरुखबीच व्यावसायिक मात्र होइन, पारिवारिक सम्बन्ध रहेको छ । शाहरुखका छोराछोरीलाई करण आफ्नै छोराछोरी सरह मान्दछन् । अहिले सुहाना खानको बलिउडमा डेब्यूको चर्चा चलिरहेका बेला करणको शोमा उनलाई अतिथि बनाएर पेस गर्न खोजिनुलार्ई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फिल्ममा डेब्यू गराउनु पूर्व नै सुहानालाई लाइमलाइटमा ल्याउन र क्यामरा अगाडि उनको आत्मविश्वास बढाउन करणले यसो गरेका हुन सक्छन् भन्ने अनुमानहरुसमेत गरिन थालेका छन् । यद्यपि सुहानालाई कुन निर्देशकले बलिउडमा लञ्च गर्ने छ भन्ने कुराको भने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

करणको शो ‘कफी विथ करण’ मा सुहाना एक्लै हुने छैनन् उनीसँग शाहरुख अथवा गौरीमध्ये एक जना हुनेछन् जुन अहिलेसम्म खुलाइएको छैन । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया