माओवादी केन्द्रद्वारा नेकपा एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलाेकनमा जाने तयारी

 चैत १०, २०७७ मंगलबार १३:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।

सर्वोच्चको फैसला राजनीतिक पूर्वाग्रही भएकाले यसको पुनरावलोकनका लागि निवेदन दिने तयारी भएको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदीय दलको कार्यालय सिंहदरबारमा यसबारे आज पनि माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरुले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले दायर गरेको मुद्दामा सर्वोच्चले गएको फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो निर्णय राजनीतिक पूर्वाग्रहले भएको माओवादी केन्द्र र एमालेको खनाल-नेपाल समूहले बताउँदै आएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया