यूईएफए वर्षको उत्कृट खेलाडीको सूची सार्वजनिक, को–को परे उत्कृष्ट तीनमा ?

 भदौ ५, २०७५ मंगलबार ८:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ ।

युरोपियन फुटबल महासंघले गएराति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा चुनेको छ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको हो ।

यो अवार्ड अगष्ट ३० मा च्याम्पियन्स लिगको समूह चरणको ड्र का बेला मोनाकोमा प्रदान गरिनेछ । यस्तै महिलातर्फ पेरनिली हारडेर, अदा हेगरबर्ग र अमान्डाइन हेनरी अन्तिम छनोटमा परेका छन् ।

अहिले ९९ मिलियन पाउण्डमा युभेन्टस गएका रोनाल्डोले गएको वर्षको पुरुष तर्फको अवार्ड जितेका थिए । उनले अहिलेसम्म कुल तीन पटक यो अवार्ड हात पारिसकेका छन् । 

सन् २०११ पछि युईएफले सार्वजनिक गरेको सूचीमा रोनाल्डो प्रत्यक वर्ष छनोटमा परेका छन् । यता मड्रिच विश्वकपको फाइनलमा देशलाई पुर्याउदा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि बनेका थिए ।

यसपटक रोनाल्डोलाई उनले उछिन्न सक्ने पनि बताइएको छ । यस्तै सलाहले गएको सिजनको प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै टिमलाई च्याम्पियन्स लिगको फाइनलमा पनि पुर्‍याएका थिए ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया