दुई महिनादेखि बन्द भीमफेदी–कुलेखानी–काठमाण्डाै सडकखण्ड खुल्यो

 चैत ११, २०७७ बुधबार ९:८:३२ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै – दुई महिनादेखि बन्द भीमफेदी–कुलेखानी–काठमाण्डाै सडकखण्ड खुलेको छ । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाण्डाै सडकखण्डमा मर्मतको काम सकिए पछि आज बिहानदेखि सञ्चालनमा आएको हो ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ र देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयााँ बजेट विनियोजन भएको थियो ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डाक्टर सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । यस्तै मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाण्डाैको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया